
काठमाडाैं । अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ अवार्ड जितेका छन् ।
आइतबार राती सम्पन्न फेस्टिभलमा प्रदीपले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्म तर्फ डेब्यू अभिनेताको अवार्ड उचालेका हुन् ।
प्रदीपले सामाजिक सञ्जाल फेसबुकमा अवार्ड उचालेको तस्बिर शेयर गर्दै आयोजकलाई धन्यवाद दिएका छन् ।
यही अवार्ड कार्यक्रमका लागि प्रदीप र सोही फिल्मका निर्देशश सन्तोष सेन भारत पुगेका थिए ।
नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको यो फिल्मले ३९ करोड कमाएको निर्माताको दाबी छ ।