केही दिनयता लगातार घटेको सेयर बजारमा आज दाेहाेराे अंककाे वृद्धि

काठमाडाैं । केही दिनयता लगातार घटेको सेयर बजार सोमबार भने दोहोरो अङ्कले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से साेमबार २१ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ ।

साेमबार सबै समूहको सेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स र होटल समूहको सेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

नेप्से सूचक बढेकाे दिन दुई सय २६ वटा कम्पनीकाे २४ लाख ५२ हजार कित्ता सेयर ९४ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भयो ।

समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डकाे सेयर साढे ६ प्रतिशत र ङादी ग्रुप पावरको सेयर पाँच प्रतिशतले घटेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१