विश्वकाे जनसंख्या आठ अर्ब, सबभन्दा बढी भारतमा

काठमाडौं । विश्वको जनसंख्या आठ अर्ब पुगेको छ ।

सात अर्बको कोसेढुङ्गा पार गरेको ११ वर्षपछि मात्रै विश्वको जनसंख्या आठ अर्ब पुगेकासंयुक्त राष्ट्रसंघले जनाएको छ ।

विश्व जनसंख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसंघीय जनसंख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बरमा संसारको जनसंख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो ।

नौ अर्ब पुग्न १५ वर्ष लाग्न सक्ने र सन् २०८० सम्ममा १० अर्ब नपुग्ने राष्ट्रसंघले प्रक्षेपण गरेकाे छ ।

प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसंख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ ।

यसअघि चीनमा संसारकै धेरै मान्छे थिए । चीनभन्दा भारतको जनसंख्या वृद्धिदर धेरै भएपछि भारत सबैभन्दा धेरै जनसंख्या हुने मुलुकको पहिलो स्थानमा उक्लिन लागेको हो ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७