सेयर बजारकाे वृद्धि एक दिन पनि टिकेन, ६ अंकले घटेर १९ बिन्दु तल

काठमाडाैंं । सेयर बजार मङ्गलबार फेरि घटेको छ । सेयर बजार परिसूचक नेप्से मंगलबार ६ दशमलव ५९ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमलव ८६ विन्दुमा झरेको हाे ।

लगातार घटिरहेकाे सेयर बजार साेमबार केही बढेकाे थियाे । तर त्याे वृद्धि टिक्न सकेन ।

बैंक र निर्जीवन बीमाबाहेक सबै समूहको सेयर ओरालो लागेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको सेयर उच्च अङ्कले घटेको छ ।

मंगलबार २ सय २९ वटा कम्पनीकाे २७ लाख ४५ हजार कित्ता सेयर एक अर्ब दुई करोड ३६ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड–१ को सेयर साढे चार प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको सेयर तीन प्रतिशतले बढेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७