भरतपुरमा कांग्रेस उम्मेदवार श्रेष्ठको गाडी तोडफोड

चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड भएको छ ।

बा ३ च २०५० नम्बरको प्राडोमा अपरिचित समूहले बिहान ११ बजेतिर तोडफोड गरेको हो ।

भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज अगाडि उनकाे गाडी ताेडफाेड भएकाे हाे ।

श्रेष्ठ गाडी राेकेर भेटघाटमा व्यस्त थिए । तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

गाडी तोडफोडमा संलग्नको पहिचान खुलेकाे छैन । उनीहरुकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७