भाेजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभानजिक बम विस्फाेट

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको प्याउलीमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।

सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी छ । तर दाहाल कार्यक्रमस्थल पुग्नु अगाडि नै विस्फाेट भएकाे छ ।

विस्फाेटबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७