२५ अंकले बढ्याे सेयर बजार, काराेबार रकममा पनि वृद्धि

काठमाडाैं । सेयर बजार बिहीवार पनि दोहोरो अङ्कले बढेको छ ।

बुधबार १३ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नाै सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ ।

सबै समूहको सेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, उत्पादन र फाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । बिहीबार कारोबार रकम पनि निकै बढेको छ ।

बिहीबार २ सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता सेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोड ३९ लाख र शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भयो ।

समग्रमा बजार बढे पनि फरवार्ड माइक्रोफाइनान्सको सेयर सबैभन्दा धेरै तीन प्रतिशतले घटेको छ ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७