क्रिकेट बेटिङ गराएको आशंकामा कीर्तिपुर मैदानबाट ५० जना पक्राउ

काठमाडाैैं । नेपाल र युएई बीचको एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुर खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएकाे हाे ।

पक्राउ पर्नेहरू अधिकांश भारतीय मूलका छन् । उनीहरुमध्ये धेरैजना बेटिङ गराउनका लागि भारतबाट आएको आशंका गरिएको छ ।

मैदान आसपासमा बसेर उनीहरूले विगत ३ दिनदेखि शंकास्पद गतिविधि गरिरहेको ब्यूरोले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७