रक्सी खुवाउन १५ लाख लाग्यो भनेपछि दीपक मनाङेलाई आयोगले लगायाे २५ हजार जरिवाना

काठमाडाैं । निर्वाचन आयोगले मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको थियो ।

‘आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ । ३० लाखमा नेपालमा चुनाव जित्छ यार । मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ,’ मनाङेले भनेका थिए ।

आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना लगाएको आयाेगले जनाएकाे छ ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७