
काठमाडाैं । रिलिज भएको ५० दिनमा बलिउड फिल्म ‘पोन्नियिन सेल्भान-१’ ५ अर्ब भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।
गत सेप्टेम्बर ३० मा रिलिज भएको मणिरत्नमको ‘पोन्नियिन सेल्भान-१’ ले विश्वव्यापी रूपमा ५ अर्ब भारतीय रुपैयाँ कमाएको हो ।
कलाकारमा मुख्य भूमिका निभाएका चियान विक्रमले यसबारे ट्वीटरमार्फत जानकारी दिएका छन् ।