• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

स्थानीय चुनावमा पनि लफडा भएको बाजुराकाे बुढीगंगामा झडप, प्रहरीद्वारा हवाइ फायर

बाजुरा । बुढीगंगा नगरपालिका–८ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचनको विषयमा दुई पक्षबीच झडप भएको हो।

बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले पदको दुरुपयोग गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरु झडपमा उत्रिएका एक नेताले जानकारी दिए ।

दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।

बाजुराका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले हवाई फायर भएको पुष्टि गरेका छन् ।

उनले दुई पक्षबीच झडप भएपछि मतदान कार्य स्थगित भएको पनि बताए ।