• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बाजुरामा मतपेटिकामा आगजनी

धनगढी । बाजुरामा मतपेटिकामा आगजनी भएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ‘क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।

केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो । आगाे कसरी लाग्याे भन्नेबारे खुलेकाे छैन ।

आगो लागेपछि पानी हालेर निभाइएको प्रहरीले जनाएकाे छ ।

निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने तयारी भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।