
काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खालेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन् ।
मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले याेगेशका बुबा रोमी गौचन थकालीलाई हराएका थिए ।
नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।