
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ ।
सोमबार बसेको सर्वदलीय बैठकपछि मध्यान्ह १२ बजेदेखि झापा क्षेत्र नम्बर ५ को मत गन्न थालिएको हो ।
झापा ५ मा ओलीलाई नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले चुनौती दिइरहेका छन् ।