प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रकाे अग्रता

काठमाडौं । काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।

यस्तै, एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१