समानुपातिकतर्फ एमाले अगाडि, शीर्ष पाँचमा कुन-कुन पार्टी ?

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ ।

यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ ।

तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले २७ हजार १६० मत पाएको छ ।

चौथो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपा पाँचौं नम्बरमा छ । उसले अहिलेसम्म समानुपातिकतर्फ १३ हजार ३४० मत पाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१