काठमाडाैं-२ मा साेविताकाे अग्रता कायमै, ओनसरीलाई पछि पारिन् कुन्तीले

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन्। पछिल्लो मतपरिणाम अनुसार गौतमले ३ हजार ९५४ मत प्राप्त गरेकी छन्।

उनलाई राप्रपाकी कुन्तीदेवी पोखरेलले ३ हजार २४ मत ल्याएर पछ्याइरहेकी छन्। कुन्तीले माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पछि पारेकी छन्। ओनसरीको भने २ हजार ८ सय १६ मत रहेको छ।

यस्तै नेकपा एमालेका मणिराम फुयाल २ हजार ५७१ मतसहित चौथो स्थानमा छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१