काभ्रे-२ मा कांग्रेसका हुमागाईं अघिअघि, एमालेका बास्काेटा पछिपछि

काभ्रे । काभ्रे २ नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईं अग्रता कायमै राखेका छन् ।

प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे -२ मा हुँमागाईले एमालेका उम्मेदवार एवम् पूर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई पछाडि पारेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार हुमागाईले ५३८६ मत ल्याउँदा बाँस्कोटाले ४००६ मत मात्र प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ९५१ मत ल्याएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१