काभ्रे । काभ्रेको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर घटाउन थालेका छन् ।
यसअघि कांग्रेसका शिव हुमागाईँभन्दा ५ सय ९ मतले पछाडि रहेका बास्कोटाले अहिले मतान्तर घटाएर ९४ मा झरेका छन् ।
ताजा मतपरिणाम अनुसार हुमागाईँले १३ हजार १ सय २० मत प्राप्त गरेका छन् ।
बास्कोटाले १३ हजार २३ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ हजार ४ मत ल्याउनु भएको छ ।