• २०८३ असार ३२
  • 2026 July 16, Thursday

नेपाल भलिबल संघ जापान शाखाको अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

काठमाडाैं । नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले अध्यक्ष पदमा बुद्ध बस्नेतलाई निर्वाचित गरेको छ ।

जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्ष बस्नेतसहित सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक नविन गुरुङले जानकारी दिए ।

तीन उपाध्यक्ष पदमा भिक्टर मगर दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिवमा प्रकाश चन्द्र जोसी, सहसचिवमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सहकोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा निर्वाचन समितिका संयोजक एवम् गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले कार्यकाल सफलताको लागि नव निर्वाचित अध्यक्ष बस्नेतसहित सम्पूर्ण कार्यसमितिलाई बधाइ दिए ।

आफ्नो कार्यकाल सफल गराउन भूमिका खेल्ने निवर्तमान अध्यक्ष रत्न सिंह बस्नेत र कार्यसमितिलाई समेत जापान शाखाका पूर्व अध्यक्ष रहेका गुरुङले धन्यवाद दिए ।

निर्वाचन समितिको सदस्यमा लक्ष्मण कार्की र महेन्द्र साहनी थिए ।