
काठमाडाैं । आइतबार साढे ३२ अङ्कले बढेको सेयर बजार साेमबार भने घटेको छ ।
सेयर बजार परिसूचक नेप्से १५ दशमलव ६१ अङ्कले घटेर १ हजार ९ सय ५० दशमलव ३७ विन्दुमा झरेको छ ।
म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
साेमबार कारोबार रकम पनि घटेको छ ।
आज दुई सय ३६ वटा कम्पनीकाे ३७ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सिनर्जी पावर कम्पनी र ओरियन्टल होटलको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि खप्तड लघुवित्तको शेयर आठ प्रतिशत तथा नेपाल आयल ल्युब लिमिडेट र गरिमा डिबेन्चर फन्ड २०८५ को शेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ ।