गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना लागिमात्र पुस्तान्तरणकाे राजनीति गरे (भिडिओसहित)

काठमाडाैं । नेपाल विद्यार्थी संघका नेता तथा सुशील कोइराला सोसलिष्ट युथ सर्कलका केन्द्रीय अध्यक्ष ताराबहादुर थापाले गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना लागि मात्र पुस्तान्तरणकाे राजनीति गरेकाे आराेप लगाएका छन् ।

उनले गगन थापाले आफू प्रधानमन्त्री बन्नका लागि युवा नेतृत्वकाे भजन गाएकाे तर युवालाई नेतृत्वमा ल्याउन नचाहेकाे आराेप लगाएका हुन् । हुलाक सञ्चारसँग कुराकानीका क्रममा उनले प्रश्न गरे, ‘भाेलिकाे नेतृत्वकर्ताकाे उदय हुने भातृसंस्था नेविसंघ, तरुण दलका विषयमा खाेइ साेचेकाे ?’

उनले गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरुसँग नेविसंघकाे विषयमा आक्राेश पाेखेका हुन् । उनले गगन थापाले स्थानीय तहकाे चुनाव अघि स्थानीय तहकाे चुनाव सकिए लगत्तै नेविसंघ बन्छ भनेर झुटकाे खेती गरेकाे आराेप पनि लगाए ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७