विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह, ६२ जना दीक्षित

विराटनगर । विराटनगर इन्टरनेशनल कलेज, विराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ।

ऐतिहासिक र भब्य रुपमा सम्पन्न दीक्षान्त समारोहमा बीएससी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन्।

तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन्। दीक्षान्त समारोहले विद्यार्थीलाई गर्वको महसुस भएको छ।

दीक्षान्त समारोहमा अभिभावकसंगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफुहरुको लागि अत्यन्तै महत्वपुर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए।

स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको लागि इनोभेट नेपाल गु्रपले छात्रवृतिको व्यवस्था गरेको छ। ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौमा इन्टरनेशनल एमबीए अध्ययन गर्न पाउनेछन्। जुन आईएनजीले सञ्चालन गरेको छ।

दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति ( प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजका सम्पूर्ण टिमलाई धन्यवाद दिए।

प्रो भाइस चन्सलर टिमले यो कलेजले विश्वविद्यालयको सपना पूरा भएको बताउँदै अब बीएससी (अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा सञ्चालन हुने जानकारी दिए।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७