• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित इस्लिङटन कलेजले स्नातक तह उत्तीर्ण गरेका ९२९ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

कलेका अनुसार स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी र एप्लाईड सेक्युरिटी उत्तीर्ण गरेका ७२, बिजनेसका ९४ र आईटीका ८३५ जना विद्यार्थी गरी कुल ९२९ विद्यार्थी दीक्षित भएका छन् ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको कलेजले जनाएको छ ।