
काठमाडाैं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् ।
परिवारसहित नेपाल आएका ओबरोय बुधबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका हुन् ।
ओबरोय पहिलो पटक नेपाल आएका हुन् । नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले आफू परिवारसँग आएको उनको भनाइ छ ।
उनले बच्चाहरूलाई पवित्र स्थल पशुपति र लुम्बिनी घुमाउने अठोटले नेपाल आएको बताए ।
नेपालमा रहँदा ओबराेयले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको ठाउँहरू भ्रमण गर्ने बताइएकाे छ ।