दुई महिनाभित्र राजनीतिक उथलपुथल, गणतन्त्र जानसक्छ (भिडिओसहित)

काठमाडाैं । सरकार निर्माणको गृहकार्य चलिरहेकाबेला विदेशी शक्ति मुख्यतः भारत र अमेरिकाको दौडधूप पनि तीव्र भएको छ । प्रधानमन्त्री र शक्तिशाली मन्त्रालय मात्र होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख कसलाई बनाउने भन्ने विषयमा समेत उनीहरुले चलखेल सुरु गरेकाछन् ।

राजनीतिक चिन्तक एवम् विश्लेषक अनिल योगीका अनुसार नेपालमा भारत र अमेरिकाको हालिमुहाली छ । उनीहरुको इशारा बमोजिम नै सबथोक हुन्छ । चीन र युरोपियन युनियनलले पनि सक्रियता देखाउन खोज्छन तर भारत र अमेरिकाका अघि उनीहरु फिक्काछन् ।

योगीका अनुसार अहिले राष्ट्रपतिका लागि खिलराज रेग्मीको नाम आउनु पनि विदेशीकै खेल हो । विदेशीहरुले राष्ट्रपतिको नाममा बुख्याँचा स्थापना गर्न खोजेर आफनो स्वार्थ पूरा गर्न खोजेकाछन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, शक्तिशाली मन्त्रालयहरु सबै विदेशी राजदूतले तय गर्छन् ।

योगी भन्छन्, ‘ नेपालमा गणतान्त्रिक व्यवस्था विदेशीहरुलाई फलिफाप छ । उनीहरु यो व्यवस्था टिकाएर फाइदा लिन चाहन्छन् । मुलुक स्वाधिन छैन । अब देश रोज्ने कि व्यवस्था भन्ने प्रश्न उठेको छ । यो व्यवस्था निरन्तर रहे देश रहँदैन । ’

अहिलेका राजनीतिक दल र नेताहरुबाट देश नजोगिने स्पष्ट पार्दै योगी भन्छन्, ‘ अब कि सेनाले शासन सत्ता हातमा लिनुपर्छ, कि राजा ज्ञानेन्द्र शाह अघि बढ्नुपर्छ । ’

अहिले चुनावबाट आएका नयाँ राजनीतिक शक्ति र दलहरुका युवाहरुबाट केही हुन्छ कि भनेर आशा गर्नुपनि बेकार हो । यो व्यवस्थामा जे गरेपनि खराब नै हुन्छ । रवि लामिछाने हुन वा गगन थापा सबै प्रचण्ड र बाबुराम जस्तै हुन् । यो मुलुकले बाबुराम र प्रचण्डबाट पनि आश गरेको थियो, के भयो ? त्यस्तै हो रवि र गगनको पनि ।

योगीका अनुसार सरकार निर्माणसंगै राजनीतिक उथलपुथल सुरु हुनेछ । दुई–तीन महिनाभित्रै हुने राजनीतिक बेथिती र अराजकताले यो व्यवस्था नै समाप्त हुनसक्छ ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१