
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल चारको समीकरण पूरा भएको छ ।
शनिबार राति भएको एपिसोडबाट चौंथो सिजनको ‘द भ्वाइस अफ नेपाल’ का लागि अन्तिम चार प्रतिस्पर्धी छानिएका हुन् ।
अन्तिम चारमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेशपायल राईको टिमबाट सविना लिम्बू र प्रविशा अधिकारीको टिमबाट साहिल लिम्बु छन् ।
यी चार जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार राति भएको एपिसोडबाट आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
आशिष ‘द भ्वाइस’बाट बाहिरिएपछि धेरैले प्रतिभाको कदर नभएको भन्दै अलोचना गरिरहेका छन् ।