कांग्रेस संसदीय दलको नेतामा गगन थापा पराजित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापा पराजित भएका छन् ।

बुधबार बिहान भएको मतदानमा शेरबहादुर देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत मात्र पाएका छन् ।

थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।

संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१