
काठमाडाैं । वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र जापानका वायुसेवा संघका महानिर्देशक ओत्सुका हिरोशीबीच भेट भएको छ ।
जापानको राजधानी टोक्योकाे शिवास्थित वायुसेवा संघको कार्यालयमा बुधबार बिहान क्याप्टेन थापा र हिरोशीबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल र जापानका वायुसेवा संघबीच आपसी सहयोग र सहकार्य गर्ने विषयमा छलफल भएको बताइएकाे छ । सो क्रममा थापा र हिरोशीले दुवै मुलुकको हितका लागि सहकार्य गर्ने विषयमा प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा एनआरएन जापानका सल्लाहाकार सन्तोष पौडेल र सिम्रिक भेन्चर्सका ग्रुप सीईओ सनत न्यौपानेलगायतकाे उपस्थिति थियो ।