
काठमाडौं । साताको अन्तिम कारोबार दिने बिहीबार नेप्से सामान्य घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ ।
बैंकिङ र अन्य उपसूचकमा वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन ।
अन्य उपसूचक २.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.११ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.२८ प्रतिशत र व्यापार उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।
बजार परिसूचक नेप्से स्थिर भए पनि कारोबार रकम भने बढेको छ । बुधबार ९० करोड पनि नपुगेको कारोबार रकम बिहिबार भने अर्ब नाघेको छ ।
बिहीबार बजारमा ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९८ हजारको कारोबार भएको छ ।
जसमध्ये ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको नेपाल दूरसञ्चार कम्पनीको सेयर १४ करोड ९९ लाख ५० हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ६९ लाख ६५ हजार र नबिल बैंकको ५ करोड ३१ लाख ६७ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा २११ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७६ कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।