• २०८३ असार १३
  • 2026 June 27, Saturday

नेपाल टी २० लिग: काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई दियो १६३ रनको लक्ष्य

  • २०७९ पुस ९, शनिबार ०६:२९

काठमाडौं: आजबाट सुरु नेपाल टी२० लिगअन्तर्गतको पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई १६३ रनको विजयी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गरेको काठमाडौं नाइट्सले निर्धारित १९ ओभरमा ५ विकेटको क्षतिमा १६२ रन बनाएको हो।

काठमाडौंका लागि अफगानिस्तानका ब्याटर अजमातुल्लाह ओमर्जाईले ४२ बलमा अविजित ८५ रनको अर्धशतकीय पाली खेले। त्यस्तै सुनम गौतमले २७ रन बनाए। ४८ रन बनाउँदा ५ विकेट गुमाइसकेको काठमाडौंका लागि ओमर्जाई र गौतमले अविजित ११४ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तयार पारेका हुन्।

पोखराका प्रतिस जीसी र जाहिर खानले समान २/२ विकेट लिँदै सुरुवातमा काठमाडौंलाई केही दबाबमा राखेका थिए। इनिङको अन्तिम ५ ओभरमा काठमाडौंले ७८ रन बनाएको थियो।

पोखराले यतिबेला ब्याटिंग गरिरहेको छ।

  • २०७९ पुस ९, शनिबार ०६:२९