• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

नेपाल टी२० लिग: काठमाडौं नाइट्सको विजयी सुरुवात, पोखरा एभेन्जर्स पराजित

  • २०७९ पुस ९, शनिबार ०७:१७

काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई २६ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १६३ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले निर्धारित १९ ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सकेको हो।

पोखराका लागि उपुल थारंगाले सर्वाधिक ४४ रनको पाली खेले पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन्। पोखरालाई रोक्ने क्रममा काठमाडौंका अविनाश बोहराले ३ तथा बासिर अहमदले २ विकेट लिए।

यसअघि ब्याटिङ गरेको काठमाडौं नाइट्सले निर्धारित १९ ओभरमा ५ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। काठमाडौंका लागि अफगानिस्तानका ब्याटर अजमातुल्लाह ओमर्जाईले शानदार पाली खेल्दै ४२ बलमा अविजित ८५ रनको अर्धशतकीय पाली खेले। त्यस्तै सुनम गौतमले २७ रन बनाए।

४८ रन बनाउँदा ५ विकेट गुमाइसकेको काठमाडौंका लागि ओमर्जाई र गौतमले अविजित ११४ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तयार पारेका थिए।

पोखराका प्रतिस जीसी र जाहिर खानले समान २/२ विकेट लिँदै सुरुवातमा काठमाडौंलाई केही दबाबमा राखे पनि अन्तिमसम्म रोक्न भने सकेनन्। इनिङको अन्तिम ५ ओभरमा काठमाडौंले ७८ रन बनाएको थियो।

 

  • २०७९ पुस ९, शनिबार ०७:१७