
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले दुई हजार अंकको बिन्दु पार गरेको छ ।
साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ ।
बिहीबार करिब ३ अर्बको कारोबार भएको छ । नेप्सेमा उच्च वृद्धि हुँदा बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४६ हजारको सेयर कारोबार भएको हाे ।
बिहीबार हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७२ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख ४८ हजारको कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा २१४ कम्पनीको सेयर कारोबार हुँदा २०८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ६ कम्पनीको सेयर मूल्यमा भने गिरावट भएको छ ।