सिन्धुपाल्चाेक । निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का ७४ वर्षीय मुक्तिनाथ पौडेल, ६० वर्षीया इस्वरी पौडेल र ३० वर्षीया गंगा पौडेललाई शनिबार दिउँसो २ बजे तिर निर्घात कुटपिट गरि गोठमा लुकिछिपि रहेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलीले सोही ठाउँका अन्दाजी ३० वर्षीया राजाराम रायमझीलाई पक्राउ गरेको हो ।
घाइतेहरुको पाँचपोखरी प्राथमिक अस्पतालमा उपचारका लागि ल्याइए पनि अवस्था चिन्ताजनक भएपछि अहिले हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । घाइतेको न्युरो अस्पतालमा थप उपचार भइरहेकाे पारिवारले बताएको छ ।
घटनामा संलग्न रायमाझीलाई इलाका प्रहरी कार्यालय मेलम्चीमा ल्याइएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।