सुविधानगरमा एक जना युवकमाथि चक्कु प्रहार भएको छ । काठमाडौं महानगरपालिका–२३ मा अपरिचित व्यक्तीहरुले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गोरखा घर भएर सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल घाइते भएका छन् ।
उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
साँझ आठ–दश जनाको समूहले सुविधानगरस्थित बागमती करिडोरमा भुजेललाई चक्कु प्रहार गरेर भागेका थिए । निखिलको दायाँ छातीमा चोट लागेको छ । घटनामा संलग्नहरु फरार छन् ।