• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

काबुलमा बम आक्रमण

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बम आक्रमण भएको छ । बम आक्रमणमा परी केही मानिस हताहत भएको जनाइएको छ ।

‘आज बिहान सैनिक एयरपोर्टको गेटबाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
हालसम्म विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।