सन्दीप लामिछानेलाई जेलभित्रै ‘काउन्सिलिङ’ गरिँदै

काठमाडाैं । पूर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार पनि मनोपरामर्श (काउन्सिलिङ) दिइने भएको छ ।

वरिष्ठ मनोविद्‌लाई केन्द्रीय कारागार सुन्धारामा लगेर सन्दीपलाई काउन्सिलिङ गरिने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

यसअघि सोमबार पनि उनलाई मनोपरामर्श दिइएको थियो ।

सन्दीपमा डिप्रेसनको संकेत देखिएपछि वरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले मनोपरामर्श दिन थालेकी हुन् । पछिल्लो समय उनमा डिप्रेसनको संकेत बढ्दै गएपछि जेलमै परामर्श दिन थालिएको हो । अब नियमित २/३ दिनको फरकमा मनोपरामर्श दिइने घिमिरेले बताए ।

सन्दीपको बोलीचाली र हाउभाउमा पनि परिवर्तन आएको छ । उनमा नकरात्मक सोचहरु बढेको पाइएको अधिवक्ता घिमिरेले बताए ।

नाबालिग बलात्कार मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१