• २०८३ असार ११
  • 2026 June 25, Thursday

शाहरूख खानका छोरा आर्यन र नाेरा फतेहीकाे प्रेम चर्चा!

काठमाडाैं । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।

यतिबेला सामाजिक सञ्जालमा दुवैले पार्टी गरिरहेको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक एक तस्बिरमा आर्यन र अर्कामा नोरा देखिएकी छन्। दुवै तस्बिर उनीहरूको फ्यानले एकै ठाउँमा लिएका छन्।

उक्त तस्बिरको आधारमा फ्यानहरूले प्रेममा रहेको बताएका हुन्। यसबारे आर्यन र नोराले कुनै प्रतिक्रिया दिएका छैनन्।

यो तस्बिर सार्वजनिक भएपछि ‘अनन्या पाण्डेको के हुन्छ?’ भन्ने कमेन्ट पनि आइरहेको छ।

एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई यी दुईलाई देखेर अचम्म लागेको छैन। केही समयअघि आर्यन र अनन्या डेट गरिरहेको खबर बाहिरिएको थियो। अनन्याले करण जोहरको शो कफी विथ करणमा सुहानाको भाइसँग डेट गर्न चाहन्छु भनेकी थिइन्। अनन्याको नाम इशान खट्टरसँग पनि जोडिसकेको छ।’