लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आज छ। बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेको सुनुवाइ हुदै छ ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो। सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको पक्षमा पछिल्लो समय क्रिकेटरहरू बोल्न थालेका छन्।

उनलाई न्याय चाहियो भन्दै शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१