• २०८३ असार ९
  • 2026 June 23, Tuesday

कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा

संसदीय दलको बैठकको एजेण्डा तय गर्ने

काठमाडौं। भोलि बस्‍ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्‍दैछ ।

शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा केहीबेर पछि बस्‍दैछ ।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागि हुदैँ छन् ।