
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् ।
उनले उक्त सोफा हटाएर अफिसरहरुको सोफा राख्न निर्देशन दिएका थिए ।
दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेकालागि छुट्टै सोफा राखिएको थियो ।