काठमाडाैं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङले काठमाडौं उत्रिए लगत्रै नेपाली भाषामा ट्वीट गरेका छन् ।
राजदूत सोङले ‘हिमालय वारपार चीन–नेपाल मित्रता अमर रहोस्’ भनि नेपालीमा ट्वीट गरेका हुन् ।
आइतबार काठमाडौं आइपुगेका राजदूत सोङले यसअघि दुईवटा ट्वीट अंग्रेजी भाषामा गरेर नेपाल चीनकाे सम्बन्ध अझ माथि उठाउने बताएका थिए र
चारवर्षकाे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ फर्केको एक महिना पछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूत पठाएकाे हाे ।
सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक थिए ।