
काठमाडाैं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टी गरेका हुन् ।
उनी करिब दुईतिहाइ अर्थात् ६० सांसदको समर्थनमा आइतवार मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भए ।
प्रदेश १ का माओवादी सांसद इन्द्र आङ्बोले सभामुख पद आफूहरुले लिने बताएका छन् । तर, सभामुखको नाम एक दुईदिनभित्र टुंगो लगाउने उनको भनाइ छ ।