• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

प्रधानमन्त्रीको निर्देशन अनुरुप आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

निगमले आइतबार राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ ।

यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ  ।