• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीको ज्यान गयो

काठमाडौं । भारतमा चार जनाको मृत्यु भएको छ । गुजरातबाट लखनउतर्फ जादैँ गरेको बस दुर्घटना हुदाँ ३ जना नेपाली सहित ४ जनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् ।

ज्यान गुमाउने तीन जना कैलाली टीकापुरका रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् । उनीहरुको सनाखत भएको छैन् ।

बस लखनउभन्दा करिब १७ किलोमिटर टाढा दुर्घटना भएको थियो । दुर्घटना यही पुस २३ गते राति भएको हो ।

बस दुर्घटनाको कारण खुलेको छैन ।