• २०८३ असार ९
  • 2026 June 23, Tuesday

माओवादी केन्द्र प्रदेश १ सरकारमा सामेल नहुने

काठमाडौं । केन्द्रको सहमतिप्रती असन्तृष्टि जनाउँदै माओवादी प्रदेश १ सरकारमा सामेल नहुने जनाएको छ । सत्ता साझेदार दलबीच सहमति नजुटेपटि माओवादी केन्द्र सरकार गठनबाट पछि हटेको छ । अपमान भएको ठहर गर्दै नेकपा माओवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारमा सामेल नहुने घोषणा गरेको छ।

केन्द्रीय तहको गठबन्धनले प्रदेश १ सरकारको नेतृत्व चार वर्षसम्म एमालेलाई नै दिने सहमति गरेको निर्णयको विरोधमा माओवादीको प्रदेश १ ले यस्तो घोषणा गरेको हो।

प्रदेश सरकारको नेतृत्व आलोपालो ढंगले गर्ने पूर्व सहमति उल्ट्याइएको भन्दै प्रदेश १ मा माओवादीले निर्णय नसच्याएसम्म सरकारमा सामेल नहुने बताएको हो।

प्रदेश १ मा एमालेका तर्फबाट आइतबार हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्ति भएका छन्। उनले सोमबार शपथ लिने र सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। तर, आइतबार साँझ काठमाडौंमा भएको शीर्ष तहको बैठकले प्रदेश १ लाई आलोपालोमा नराखेपछि प्रदेशमा असन्तोष देखिएको हो।