काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बिहान बसेको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । विभिन्न सर्तसहित समर्थन गर्ने निर्णय गरेको
उनले बताए ।
राष्ट्रियता, सुशासन, बिग्रिदै गएको अर्थतन्त्र र, राष्ट्रिय महत्वका विषय आफ्ना एजेन्डा रहेको खतिवडाले बताए ।
प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन् ।