प्रचण्डले असाधारण मत पाएपछि बाबुरामकाे खुशी- ‘फूलको आँखामा फूलै संसार…’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट असाधारण विश्वासको मत प्राप्त गरेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन्।

प्रतिनिधिभा बैठकमा २७५ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ मत परेको हो । २७० सांसद मतदानमा सहभागी भएकामा २ जनाले मात्र प्रचण्डका विपक्षमा मत हालेका थिए।

यसमा अध्यक्ष भट्टराईले ‘फूलको आँखामा फूलै संसार…’ गीतको उदाहरण दिएर यस्तो अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिए पनि अहिले कोही पनि प्रतिपक्ष नबनेर राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् ।

डा. भट्टराईले भनेका छन्,‘फूलको आँखामा फूलै संसार…’ भनेझैँ प्रचण्ड सरकारले पाएको अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिएला । तर यो प्रकृयाको एक अभियन्ताको नाताले मेरो विनम्र आग्रह छ, असाधारण अवस्थाले असाधारण कदम खोज्छ । अबको कदम राष्ट्रिय सहमतिको सरकार होस्! देश ठीक ट्र्याकमा आएपछि पक्ष–प्रतिपक्ष बनौँला ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१