काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले आज दिउँसो चियापान कार्यक्रम आयोजना गरेका छन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
राप्रपाले दिउँसो एक बजे भृकुटीमण्डपमा र राप्रपा नेपालले दिउँसो एक बजे नै नवदूर्गा पार्टी भेन्यु सुकेधारामामा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
त्यसअघि ११ बजे भृकुटीमण्डपबाट र्याली निकाल्ने र सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा आई चियापान कार्यक्रम सुरु गर्ने राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।