• २०८३ असार ९
  • 2026 June 23, Tuesday

लिङदेनको चियापान कार्यक्रममा थापाको इन्ट्री

काठमाडौं । पौष २७ (आज) पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् ।

थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे । थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युताएका थिए ।

राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरु पनि पुगेका छन् ।